काठमाडौं– युवा व्यवसायी श्रवण कुमार कुँवरले ‘रिक्रियसन अन्ट्रप्रनअर’ अवार्ड पाएका छन्। दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’ अन्तर्गत नेपाली युवा होटल तथा रेष्टुरेन्ट व्यवसायी कुँवरले 'रिक्रियसन अन्ट्रप्रनअर' अवार्ड हात पारेका हुन्।
कुँवरसहित विभिन्न एसियाली मुलुकका ३४ जनाले यसवर्षको प्रोफेसनल अवार्ड हात पारेका हुन्। देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ मा रिक्रियसन अन्ट्रप्रनअर विधामा मनोरन्जन तथा रेष्टुरेष्ट व्यवसायी कुँवरले अवार्ड पाए।
सिजन मिडियाको १४ औं स्थापना दिवसको अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को–चेयर डा रोबेट किट्टेल, पूर्व मन्त्री एकनाथ ढकाल साथै एनआरएनए यूएईका अध्यक्ष ठाकुर ढुङ्गानाले अव हस्तान्तरण गरेका थिए।
सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा एशियन मूलका सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए।
उक्त कार्यक्रममा बंगलदेशका वरिष्ठ पत्रकार तथा फोटोपत्रकार काजी रौनक हुसेनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरीएको थियो। भारतीयद्वय दुबई शिक्षा मन्त्रालयमा कार्यरत रभिशंकर पाण्डेलाई बेष्ट एजुकेशनल प्रोफेशनल अवार्ड र मानस कुमारलाई बेष्ट विजनेश लिडरसिप अवार्ड प्रदान गरिएको थियो।
अध्ययनका लागि भनेर काभ्रे जिल्लाबाट काठमाडौं छिरेका कुँवरले सुरुमा दुनोट पसलमा काम गरेका थिए। अहिले भने उनी आफैं सफल युवा व्यवसायीको रुपमा चिनिएका छन्। कुँवरले आफ्नो लगानीमा राजधानीमा ४ वटा रेष्टुरेन्ट तथा रात्रिकालीन क्लब सञ्चालन गरी कैयौं युवाहरुलाई रोजगारी प्रदान गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।