काठमाडौं– निर्वाचन आयोगले नेपाल वायुसेवा निगम (नेवानी)ले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको काम हिमालय एयरलाइन्सले गरेको हो–होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्र पठाएको छ।
‘चुनावको मुखमा नेवानीको मुख्य आम्दानीमा कैँची लगाउँदै हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ अनुमति’ भन्ने व्यहोराको समाचार बिजमाण्डु डटकममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण जनाउँदै आयोगले पठाएको पत्रमा भनिएको छ,, ‘नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले समेत गर्ने गरी अनुमति प्रदान गर्न लागिएको हो, होइन ? यो पत्र प्राप्त भएको दुई दिनभित्र यथार्थ व्यहोरा खोली जवाफ पठाउन भनिएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।