काठमाडौं– टी–२० क्रिकेट विश्वकपको फाइनल खेल यतिबेला अष्ट्रेलियामा जारी छ। यसैबीच, पाकिस्तान र इंग्ल्याण्डबीचको फाइनल खेलकाे पहिलो पारी सकिएको छ।
मेलबर्नमा जारी फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो।
पाकिस्तानका लागि शान मसुदले २८ बल खेल्दै सर्वाधिक ३८ रन बनाए। यस्तै, कप्तान बाबर आजमले २८ बलमा ३२, शादब खानले १४ बलमा २० र मोहम्मद रिजवानले १४ बलमा १५ रन बनाए।
यसैगरी, मोहम्मद हरिसले १२ बलमा ८, मोहम्मद नवाजले ७ बलमा ५, शाहिन अफ्रिदीले अविजित रहँदै ३ बलमा ५, मोहम्मद वासिमले ८ बलमा ४, हरिस राफले अविजित रहँदै १ बलमा एकै रन बनाउँदा इफ्तिकर अहमदले भने ६ बल खेलेर पनि शून्य रनमा आउट भए।
इंग्ल्याण्डका साम कुरानले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, क्रिस जोर्डन र आदिल रशिदले २–२ तथा बेन स्ट्रोक्सले १ विकेट लिए।
अब केहीबेरपछि इंग्ल्याण्डले १३८ रनको सामान्य लक्ष्य पछ्याउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।