काठमाडौं– इंग्ल्याण्डका युवा स्टार साम कुरान भर्खरै सम्पन्न टी–२० विश्वकप २०२२ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन्।
इंग्ल्याण्डलाई विजेता बनाउन पाकिस्तानविरुद्ध सानदार बलिङ गरेका उनी फाइनलका उत्कृष्ट र महत्वपूर्ण खेलाडीसमेत घोषित भए।
कुरानले प्रतियोगितामा ६ खेल खेले। २२.४ ओभरमा १४८ रन खर्चेर उनले १३ विकेट लिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे। उनीअघि श्रीलंकाका स्पिनर वानिन्दू हसरंगा १५ विकेटका साथ शीर्ष स्थानमा रहेका छन्।
पाकिस्तानविरुद्धको फाइनलमा कुरानले ४ ओभरमा १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए।
केहीबेरअघि अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्याण्डले उपाधि जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।