काठमाडौं– एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले युएईविरुछ फिल्डिङ गर्दैछ। केही बेरअघि त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ रोजेको हो।
नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका छन्। बलात्कार आरोप लागेर कप्तान सन्दीप लामिछाने निलम्लाबनमा परेपछि क्यानले पौडेललाई केही दिनअघि मात्र कप्तानमा नियुक्त गरेको थियो।
हालै टी-२० विश्वकप खेलेर फर्किएको युएई टोलीको नेतृत्व सीपी रिजवानले गरेका छन्। ओडिआईमा हरिशंकर शाह र अर्जुन साउदले डेब्यू गरेका छन्। अर्जुन विकेटकिपर र हरिशंकर अलराउण्डर हुन्। अर्जुनले केन्या टुरमा टी-२० आईमा डेब्यु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।