काठमाडौं– युएईविरुद्ध तीन खेलको सिरिज घरेलु टोली नेपालले जितेको छ।
काठमाडौंका कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न अन्तिम तथा निर्णायक खेलमा युएईलाई विकेटले हराउँदै नेपालले तीन खेलको एकदिवसीय सिरिजमाथि कब्जा जमाएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले दिएको १७७ रनको सामान्य लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १८० रन बनाउँदै पूरा गर्यो।
नेपालका लागि आरिफ शेखले अर्धसतकीय पारी खेले। उनले ११९ बलमा बलमा अविजित रहँदै सर्वाधिक ८८ रन बनाए। आरिफ खेलको प्लेयर अफ दी म्याच पनि तोकिए। यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पनि अर्धसतकीय पारे खेले। उनले ७३ बल खेल्दै ६४ रन बनाए।
यसैगरी, कप्तान रोहित पौडेलले १६ बलमा १० रन तथा ओपनर अर्जुन साउदले ३३ बलमा ९ रन बनाए। दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए। हरिशंकर साह शून्य रनमा अविजित रहे।
युएईका हजरत बिलाल र आयान अफजल खान १–१ विकेट लिए।
यसअघि, युएईले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। आयानले अविजित रहे। अर्धसतकीय पारी खेल्दै ५४ रन बनाए पनि त्यो युएईलाई जिताउन पर्याप्त भएन।
बलिङतर्फ नेपालका लागि दीपेन्द्र, कुशल भुर्तेल र गुल्शन झाले सर्वाधिक २–२ तथा सोमपाल कामी र ललित राजबंशीले १–१विकेट लिए।
सिरिजको पहिलो खेलमा युएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो। तर दोस्रो खेलमा नेपालले युएईलाई तीन विकेटले हराएर सिरिज बराबरी गरेको थियो।
फेरि शुक्रबारको निर्णायक खेल जित्दै नेपालले सिरिज जितेको छ।
रोहितका लागि यो कप्तानका रुपमा पहिलो सिरिज हो। गत असोजमा तत्कालीन कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेर उनी निलम्बनमा परेपछि यसै सिरिजबाट रोहितलाई कप्तान तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।