रियाद– कतारमा जारी विश्वकप फुटबलको दाबेदार मानिएको अर्जेन्टिनालाई २–१ ले हराएको खुसीयालीमा साउदी अरेबिया सरकारले बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ।
उसले साउदी अरेबियामा कार्यरत सबै कामदार तथा विद्यार्थीलाई विश्वकप जितको उत्सव मनाउन छुट्ट दिएको बताएको हो।
साउदी राजा सलमानले राष्ट्रिय विदा मनाउन राजकुमार मोहम्मद बिन सलमानले गरेको प्रस्तावलाई मंगलबार नै अनुमोदन गरेको त्यहाँका स्थानीय पत्रपत्रिकाले जनाएका छन्।
विश्वकपमा कुनै एसियाली देशले अर्जेन्टिनालाई स्तब्ध तुल्याएको यो पहिलो अवसर हो। मंगलबारको नतिजालाई विश्वकपकै ठूलो उलटफेरको रूपमा हेरिएको छ।
मंगलबार भएको खेलमा निश्वकपको दाबेदार मानिएको लियोनल मेसीप्रेरित अर्जेन्टिनालाई साउदी अरेबियाले २–१ ले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।