काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति सन्दीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन्।
सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ।
आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि, वरिष्ठ उपाध्यक्ष ढकालको आईएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यू कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।