दोहा–आफ्नै देशविरूद्ध गोल हानेका स्विट्जरल्याण्डका इम्बोलो ब्रिलले गोलको खुसियाली मनाएनन्। उनले समूह ‘जी’ अन्तर्गत क्यामरुनविरूद्ध खेलको ४८ मिनेटमा गोल गरेका थिए। तर, खुसियाली मनाएनन्। टिमका अन्य सदस्यले उनलाई अंगालो हाले पनि उनी चुपचाप बसे। उनले आधा मात्र हात माथि उठाए र माफीको मुद्रामा देखिए।
इम्बोलोको जन्म क्यामरुनको राजधानी याउन्देमा भएको थियो। बाबु र आमाको पारपाचुके भएपछि उनी आमासँग पाँच वर्षको उमेरमा स्विट्जरल्याण्ड पुगेका थिए। ब्रिलले सन् २०१४ मा स्विस नागरिकता प्राप्त गरेका हुन्। ६ फिट २ इन्ची अग्ला २५ वर्षीय यी स्ट्राइकरले सन् २०१५ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन्। विश्वकपमा उनको यो पहिलो गोल थियो भने राष्ट्रिय टोलीका लागि १३ औं गोल थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।