दाेहा– विश्वकपअन्तर्गत समूह ‘जी’ तर्फकाे पहिलो खेलमा स्विट्जरल्याण्डले १–० गाेलले क्यामरुनलाई पराजित गर्दै तीन अंक जुटाएको छ।
स्विट्जरल्याण्डको जितमा इम्बाेलाे ब्रिल नायक सावित भए। उनले पहिलो हाफको खेल गाेलरहित बराबरीमा टुंगिएको अवस्थामा दाेस्राे हाफको तीन मिनेटभित्रै गाेल गरे। ब्रिल क्यामरुनमा जन्मिएर पाँच वर्षको उमेरमा फ्रान्स पुगेका थिए। त्यसैले आफ्नो जन्म देशविरुद्ध गाेल गर्दा उनले खुसियाली मनाएनन्।
उनले ४८ मिनेटमा गरेकाे गाेल नै अन्त्यमा निर्णायक भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।