डडेल्धुरा– बैतडीमा शुक्रबार जिप दुर्घटनामा भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिकाबाट जन्ती बोकेर आइरहेको जिप सुर्नया गाउँपालिका ८ पातलखोला भन्ने स्थानमा दुर्घटनामा परेको हो।
सुपप्र ०१००१ ज १३५४ नम्बरको जिप सडकबाट केही तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ४१ वर्षीय चालक मानबहादुर साउद घाइते भएका छन्। घाइते साउदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ।
जिपमा सवार अन्य भने सकुशल रहेको प्रहरीले जनाएको छ। कच्ची सडकमा जिप पल्टेको हो। अहिले घटनास्थलतर्फ प्रहरी गएको र थप विवरण आउन बाँकी रहेको ढोल्यामोड प्रहरी चौकीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।