काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपालको निवासमामा भएको भेटघाटका क्रममा गठबन्धन कायम राख्नेबारे छलफल भएको छ।
नेता पौडेलले यसपटक प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न नेपाललाई आग्रह गरेका छन्। उनको आग्रहपछि नेता नेपालले भने, ‘तपाईंलाई सहयोग हुन्छ। समकालीन सबै पिएम भए तपाईं बाँकी हो। यो गठबन्धन बनाउन तपाईंको योगदान भएकाले अहिले प्रधानमन्त्रीको हकदार तपाईं नै हो।’
कांग्रेसभित्र हाल प्रधानमन्त्रीका आकांक्षीहरु बढ्दै गइरहेका छन्। गगन थापा, प्रकाशमान सिंह, रामचन्द्र पौडल र प्रधानमन्त्री देउवा स्वम् पुनःप्रधानमन्त्रीको दोडमा देखिएका छन्।
आइतबार कांग्रेस नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।