काठमाडौं– कतारमा जारी २२ औं विश्वकप फुटबलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन्। पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गरी ६ गोलको वर्षा भएको थियो ।
पहिलो हाफमा क्यामरुनले २–१ ले पछि परेको थियो। दोस्रो हाफको सुरुवातमै अर्को गोल खाँदै ३–१ को स्थितिमा पुगेको क्यामरुनले उत्कृष्ट कमब्याक गर्दै ३–३ को बराबरी गरेको हो।
क्यामरुनका लागि २८ औं मिनेटमा क्यामरुनका जेन चार्लेस क्यास्टलेटोलले गरेका थिए। १–० ले पछि परेको स्थितिमा उत्कृष्ट कमब्याक गर्दै सर्बियाले पहिलो हाफको अतिरिक्त समयमा दुई गोल गरेको थियो।
सर्बियाका लागि पहिलो हाफको अतिरिक्त समयमा इस्ट्राहिन्जा पाल्भोभिच र सर्गिज मिलिन्कोभिज सार्विचले गोल गरेका थिए।
पहिलो हाफमा क्यामरुन २–१ ले पछि परेको थियो। दोस्रो हाफको ५३ औं मिनेटमा सर्बियाका अलेजान्डर मिट्रोभिचले गोल गर्दै ३–१ को स्थितिमा ल्याएका थिए।
त्यसपछि लगातार २ गोल गर्दै क्यामरुनले खेल बराबरीमा ल्याएको हो। क्यामरुनले ३ मिनेटमा २ गरेको थियो। दोस्रो हाफकोे ६३ र ६६ मिनेटमा २ गोल गर्दै क्यामरुले सर्बियासँग बराबरी गर्यो। ६३ औं मिनेटमा क्यामरुनका लागि भिन्सेन्ट अबुबाकर र ६६ औं चौपो मोटिङले गोल गरेका थिए।
बराबरी खेलेसँगै यी दुबै टिमको अर्को चरण जाने झिनो आशा बाँकी नै रहेको छ।
समूह ‘जी’ का यी दुई टोलीले पहिलो खेल हारेर अंकबिहीन भएका थिए। बराबरी खेलसँगै उनीहरुले १–१ अंक बाँडेका छन्।
पहिलो खेलमा सर्बिया ब्राजिलसँग २–० ले पराजित भएको थियो भने क्यामरुन पहिलो खेलमा स्विट्जरल्याण्डसँग पराजित भएको थियो। पहिलो खेलमा जित निकालेका यही समूहका ब्राजिल र स्विट्जरल्याण्डको खेल सोमबार राति ९ः४५ बजे हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।