काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियाले अफ्रिकी राष्ट्र घाना विरुद्ध २ गोल फर्काएको छ।
मध्यान्तरअघि २–० ले पछि रहेकोमा दक्षिण कोरियाले दोस्रो हाफमा २ गोल नै फर्काएको हो।
दक्षिण कोरियाका चा गुई सुङले ५८ र ६१ मिनेटमा बराबरी गरेका हुन्।
यसअघि घानाले २४ औँ मिनेटमा अग्रता लिएको थियो। मोहम्मद सालिसूले अग्रता दिलाएका थिए।
फेरि, ३४ मिनेटमा घानाले दोस्रो गोल थप्यो। मोहम्मद कुदुसले दोस्रो गोल गरेका हुन्।
खेल जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।