काठमाडौै– नकआउट चरणमा प्रवेश गर्ने अभियानमा रहेका ब्राजिल र स्विट्जरल्याण्डबीच पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा टुंगिएकाे छ। पहिलाे आफमा दुवै तर्फबाट कुनै सशक्त प्रहार हुन नसकेपछि पहिलाे हाफमा कुनै गाेल हुन सकेन। चाेटका कारण नेइमार यस खेलमा ब्राजिली टाेलीमा समावेश छैनन्।
यद्धपि ब्राजिलका लागि २७ मिनेटमा भिनी जुनियरले गाेलकाे राम्राे माैका पाएका थिए। तर उनी गाेल गर्नबाट चुके। राफिन्हाले डिबक्सभित्र मिलाएकाे पासलाई जुनियरले फितलाे प्रयास गर्दा स्विस गाेलरक्षक यान सहमरले बचाए।
समूह ‘जी’ अन्तर्गत पहिलाे खेलमा सर्वियालाई २–० गाेलले पराजित गर्दै ब्राजिलले अंक तालिकामा ३ अंक जाेडेर अग्रता बनाएकाे थियो। स्विट्जरल्याण्डले पनि क्यामरुनलाई १–० गाेलले पराजित गर्दै ३ अंक जाेडेकाे थियो। क्यामरुन र सर्वियाबीचकाे अघिल्लाे खेल बराबरीमा टुंगिएकाे अवस्थामा याे खेलकाे विजेता नकआउटमा प्रवेश गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।