काठमाडौं– ब्रुनो फर्नान्डेजको दुई गोलको सहयोगले उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल पनि विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।
सोमबार राती भएको खेलमा ब्रुनोले पहिलो गोल ५४ मिनेटमा गरेका थिए। अर्को गोल पेनाल्टीमार्फत ९३ मिनेटमा सम्भव भएको थियो। निर्धारित ९० मिनेटमा उनले डिबक्सभित्र छिराएको बललाई रोक्ने क्रममा उरुग्वेका डिफेन्डर गिमेनेजको हातमा लागेपछि पोर्चुगललाई पेनाल्टीको अवसर जुरेको थियो। जसलाई ब्रुनोले नै गोलमा परिणत गरे।
नियमित पेनाल्टी हान्ने क्रिस्टियानो रोनाल्डोले ८२ मिनेटमै मैदान छाडिसकेको हुनाले ब्रुनोलाई नै पेनाल्टी हान्ने अवसर प्राप्त भएको थियो।
जितसँगै पोर्चुगल ६ अंकसहित नकआउट चरणमा प्रवेश गरेको छ। पोर्चुगलविरूद्धको खेलमा उरुग्वेका दुई स्टार स्ट्राइकर इडिन्सन काभानी र लुइस सुआरेज दुवैले केही गर्न सकेनन्। काभानीलाई ७३ मिनेटमा परिवर्तन गर्दै सुआरेज मैदान प्रवेश गरेका थिए।
दोस्रो हाफमा उरुग्वेले पाँच खेलाडी परिवर्तन गरेको थियो। तर, पोर्चुगिज डिफेन्डरहरूले आफ्नो पर्खाल भत्किन दिएनन्। पाेर्चुगलसँगकाे पराजयपछि उरुग्वेलाई नकआउट चरणमा प्रवेश गर्न कठिन हुने देखिन्छ। उसकाे २ खेलमा १ अंक मात्र छ। उसले अन्तिम खेल दक्षिण काेरियासँग खेल्ने छ।
साेमबार नै भएकाे समूह ‘एच’ तर्फकाे अर्काे खेलमा घानाले ३–२ गाेलले काेरियालाई स्तब्ध पारेकाे थियाे। घाना ३ अंकका साथ दाेस्राे स्थानमा छ।
समूह चरणकाे अन्तिम खेल शुक्रबार हुनेछ। जसमा उरुग्वेले घानासँग प्रतिस्पर्धा गर्दैछ। काेरियाले पाेर्चुगलकाे सामना गर्नेछ। काेरियाकाे पनि २ खेलमा एक अंक छ र उ समूहकाे तेस्राे स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।