काठमाडौं– नेपाल सरकारका सबै वेबसाइटहरु डाउन भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सर्भर डाउन भएसँगै अध्यागमनको वेबसाइट पनि नचलेपछि त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा समस्या भएको छ। शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका र अहिले निर्माण कार्य चलिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्र्तगतका वेबसाइटहरु एकैपटक डाउन भएका छन्। ‘जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइटमा समस्या देखिएको र प्राविधिक टोली त्यसको रिकभरमा लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
‘प्राविधिक कारणले केही समय डाउन भएको छ। यो बन्दै गरेको जानकारी पाएका छौं,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले भने, ‘चाँडै सुचारु हुन्छ होला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।