काठमाडौं– एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बुधबार प्रतिनिधि सभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको महसुस भएको बताएका छन्।
संसद्मा राप्रपाका सांसद धवलशमशेर राणाले हिन्दूराष्ट्र र राजसंस्था जसरी पनि फर्काउने भनाइप्रति उनले यस्तो बताएका हुन्।
‘राप्रपाबाट निर्वाचित माननीयज्यूले खुलेरै भन्नुभयो – हामी राजा स्थापित गर्न चाहन्छौ। हिन्दुराज्य बनाँउन चाहन्छौ। साथै राप्रपालाई नहोच्चाउनको लागि सचेत समेत गराउनु भएको छ। यसैले गणतन्त्रवाद शक्तिहरु व्यवस्थाका विषयमा गम्भीर बन्न जरुरी छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सांसद चौधरीले राजा र हिन्दूराष्ट्र स्थापना नहुने ठोकुवासमेत गरेका छन्।
‘स्मरण रहोस् – न राजा पुनः स्थापित हुन्छन् न त नेपाल हिन्दू राज्य पुनः हुनसक्छ। यसैले त्यो विषयमा छलफल नगरेकै राम्रो! बरु लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने विषयमा बहस र छलफल गरौं,’ उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।