काठमाडौं– बुधबार भारतमा वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो पाँचौ बजेट पेश गरेकी छन्। उनले बजेट भाषणको सुरुवातमै अमृतकालकाको पहिलो बजेट भएको भन्दै सुरुवातको समयमा जुन बजेट ल्याइएको थियो त्यसबाट आफू धेरै अघि बढेको घोषणा गरेकी छिन्।
सीतारमणले पुँजीगत खर्चमा ५० प्रतिशतले बढोत्तरी गर्दै २०२३–२४ का लागि १०.५ लाख करोड विनियोजन गरेकी छिन्। २०१९ मा पुँजीगत खर्च ३.१ लाख करोड रुपैयाँ थियो। अघिल्लो आर्थिक वर्षमा ७.५ लाख करोड विनियोजन गरिएको थियो। यो आर्थिक वर्षका लागि ३ लाख करोड बजेटको आकार बढाइएको उनले जानकारी दिइन्।
नयाँ ट्याक्स प्रणाली
अहिले प्रत्येक वर्ष पाँच लाखको आय हुनेहरुले वार्षिक रुपमा कुनै कर तिर्न नपर्ने सिलिङ रहेको थियो। बजेटले त्यसलाई बढाएर ७ लाख पुर्याएको छ। त्यस्तै नेक्स्ट जेनेरेसन ट्याक्स फारम पनि जारी गरिएको छ। त्यस्तै को–अपरेसन क्षेत्रमा ३१ मार्च २०२४ सम्म काम सुरु गर्ने कम्पनीको १५ प्रतिशत छुट दिने घोषणा गरेको छ।
सरकारले आफ्नो बजेटमा अग्निपथ योजनामा भर्ती हुने अग्निवीरहरु लागि जम्मा हुने कोषमा कर नलाग्ने घोषणा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वकाक्षी योजना अग्निपथ भारतमा विरोध भएपछि त्यसमा आर्कषण बढाउन सरकारले बजेटमार्फत यस्तो स्किम ल्याएको हो।
अग्निवीरहरुको सरकारका तर्फबाट जम्मा गरिदिने रकममा कर लाग्ने छैन। अग्निवीर योजनाअन्र्तगत चार सातापछि कामबाट अवकाश पाउने व्यक्तिले ११.७१ लाख रुपैयाको सेवा निधि पनि पाउने बजेटमा उल्लेख छ। वित्तमन्त्री सीतारमणले यो सेवा नीधिलाई ट्याक्स फ्री बनाउने योजना सरकारको रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।