काठमाडौं– लोक दोहोरी गायिका टीका पुनले आगामी शनिबार एकल 'साँगीतिक साँझ' गर्ने भएकी छन्।
दिउँसो साढे एक बजेबाट प्रज्ञाभवनमा सुरु हुने एकल साँझमा उपराष्ट्रपति प्रमुख अतिथि रहनेछन्। पत्रकार सम्मेलनमार्फत् उनले कार्यक्रमबारे जानकारी दिएकी हुन्।
नेपाली गीत संगीत, संस्कृतिलाई बचाइराख्न आफूले एकल साँगीतिक साँझ गर्न लागेको गायिका पुनले बताइन्।
'टीका पुन साँगीतिक साँझ'मा गायिका पुनलाई साथ दिँदै नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, पशुपति शर्मा, रामजी खाण, किरणबाबु पुन लगायतले पनि प्रस्तुति दिने आयोजक दर्पण संगीतालयले जनाएको छ।
गायिका पुनका 'लालुपाते फूल छैन रुख मात्रै', 'सलल बगेको भेरी नदी', 'क्षितिज पारी उनको बस्तीमा', 'म पूजा गर्छु मायाको', 'एबिसिडि', 'समाजको बन्धन', 'छोरी पाए', 'यो मार्मिक सन्देश', 'जुनमा पनि दाग छ', 'तिम्रो दर्शन पाइन', 'पोखरा फेवाताल घुम्नलाई', 'म त जुनी जुनी' लगायतका गीत लोकप्रिय छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।