काठमाडौं– भारतले तेस्रो तथा अन्तिम टी–२० सिरिज पनि जितेको छ। सर्वाधिक रनको फराकिलो अन्तरले भारतले न्युजिल्याण्डलाई हराएको हो। बुधबारको खेलमा भारतले न्युजिल्याण्डलाई १६८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
टी–२० खेलमा यो भारको सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि आयरल्याण्डलाई भारतले १४३ रनको अन्तरले हराएको थियो। तीनवटा सिरिजमा भारतले दुईवटा सिरिज जितेको छ। जितका लागि २३५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १२ ओभर १ बलमा ६६ रन बनाउनँदै अलआउट भएको थियो।
न्युजिल्यान्डका तर्फबाट डर्याल मिचेलले सर्वाधिक ३५ रन बनाए भने ९ जन खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। न्युजिल्याण्डले टी–२० खेलको इतिहासमै यो सबैभन्दा खराब हार व्यहोरेको हो।
भारतका हार्दिक पान्ड्याले ४ विकेट लिए। त्यस्तै अर्शदीप सिंह, उमरान मलिक र शिवम् माभीले समान २/२ विकेट लिए। त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो।
भारतका शुभमन गिलले १ सय २६ रनको अविजित शतकीय पारी खेले । न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, इश सोधी र डर्याल मिचेलले समान १/१ विकेट लिए। पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।