काठमाडौं– नटिङहाम फरेस्टमाथि सानदार जित निकाल्दै म्यानचेस्टर युनाइटेड लिग कपको फाइनलमा प्रवेश गरेको छ। म्यानचेस्टरले सानदार जित निकाल्दै न्युक्याससँगको फाइनल भेट पक्का गरेको हो।
बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड २–० गोल अन्तरले विजयी भयो। यसअघिको पहिलो लेगमा समेत नटिङहामलाई म्यानचेस्टरले ३–० ले हराएको थियो।
समग्रमा ५–०को सानदार निकाल्दै म्यानचेस्टर युनाइटेल फाइनलमा प्रवेश गरेको हो। म्यानचेस्टरलाई जिताने क्रममा एन्थोनी मार्शल र फ्रेडले एक/एक गोल गरे।
यसअघि नै साउथह्याम्टनलाई हराउँदै न्युक्यासल फाइनल प्रवेश गरिसकेको छ। यी टोलीबीचको फाइनल फ्रेबुअरी २६ मा बेम्बली रंगशालामा हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।