काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना बारेमा जे–जे टिप्पणी गर्न बाँकी छ, गरिहाल्न भन्दै चुनौती दिएका छन्।
नागरिकता प्रकरणको मुद्दामा दोषी ठहर भएर उपप्रधानमन्त्री, गृहमन्त्री, प्रतिनिधि सभा सदस्य पद गुमाएका लामिछाने पुन: गृहमन्त्री बन्ने प्रायसमा रहेको भन्दै आलोचना खेपीरहेका छन्।
सर्वोच्च अदालतको गत शुक्रबारको फैसलापछि यही आइतबार पुन: नेपालको नागरिकता लिएका लामिछाने गैरसांसदको रुपमा सरकारमा सहभागी भएर गृहमन्त्री बन्ने कसरतमा छन्।
प्रमुख सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी ओली लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको दल नेकपा माओवादी केन्द्र लामिछाने र उनको पार्टी रास्वपालाई गृहमन्त्री दिन नहुने पक्षमा छन्।
यहीबीच बिहीबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै लामिछानेले भनेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नु होला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।