काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले वीरगञ्जमा बिहीबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ।
पार्टीको विधान अधिवेशन, विभिन्न पार्टीसँगको एकता प्रक्रिया र निर्वाचनमा भएको घात–अन्तरघातको छानबिन लगायतका विषयमा पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव, सांसदहरु लालबाबु राउत, प्रदीप यादव, पार्टीका प्रदेश अध्यक्ष रामबाबुकुमार यादव लगायतका नेताहरु सहभागी रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।