काठमाडौं– काभ्रेको भकुन्डेमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बीपी राजमार्गअन्तर्गत भुकेन्डेमा बा २ ख ७३४२ नम्बरको बसले ठक्कर दिँदा बालिकाको ज्यान गएको हो।
बालिकाको ज्यान गएपछि आक्रोशित भीडले बस नै जलाएका छन्। अहिले बीपी राजमार्ग बन्द छ। प्रहरीले आगो नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास थालेको छ।
बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान पनि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।