काठमाडौं- आफ्नो पार्टीका सांसद पक्राउ परेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कडा प्रतिक्रिया दिएकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत सरकारले थारू समुदायलाई मात्र अपराधी देखेको भन्दै आक्रेश व्यक्त गरेकी छिन्।
सांसदसमेत रहेकी श्रेष्ठले सरकारलाई समर्थन नचाहिने रहेछ भन्दै सरकारप्रति आक्रोश पोखेकी छिन्। ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई। हाम्रो समर्थन तिमीलाई चाहिँदैन रहेछ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।
प्रतिनिधि सभा सदस्यका सांसद अरुणकुमार चौधरीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले बाँकेको कोहलपुरबाट बिहीबार पक्राउ गरेको थियो।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरी सार्वजनिक सम्पति (ट्र्याक्टर) आगाजनीको मुद्दामा दोषी ठहर भइ जेल सजाय नभोगेका ‘फरार अभियुक्त’ रहेको खुलेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।