काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने विश्वास व्यक्त गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा भएको स्थायी समितिको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले उक्त विश्वास व्यक्त गरेका हुन्।
‘मैले बुझेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिनु हुँदैन,’ प्रचण्डले भने।
यता, रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक बसिरहेको छ। उक्त बैठकको अजेण्डा सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्बन्धमा निर्णय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।