काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ। सो पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा बैठक बसिरहेको हो।
बैठकले सरकारमै रहने वा बाहिरिने निर्णय लिने बताइएको छ। पछिल्लो समय सो पार्टीका सभापति रवि लामिछानेले आफूबाट गुमेको गृह मन्त्रालय पुनः आफैंले पाउनुपर्ने मागसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष दबाब बढाएका थिए।
तर प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै सो मन्त्रालय दिन नसकिने बताएका छन्। सो पार्टीले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने उनको भनाइ छ। बिहीबार पार्टीको बैठकबाट बाहिरिँदै उनले भनेका थिए- ‘केही हुँदैन। समर्थन फिर्ता पनि लिनु हुँदैन मैले बुझेसम्म।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।