काठमाडौं– अभिनेत्री वर्षा शिवाकोटी र रन्जित राज वन्तको अभिनय रहेको म्युजिक भिडियो 'अनिदो रात' रिलिज भएको छ। राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीत रिलिज कार्यक्रममा अभिनेत्री शिवाकोटीले भिडियो छायांकनका बेला आफू निकै बिरामी परेकाले निर्माण टिमले निकै दु:ख पाएको बताइन्।
लामो समयपछि म्युजिक भिडियोमा कमव्याक गरेका अष्ट्रेलिया निवासी अभिनेता वन्तले टिमवर्क राम्रो हुँदा आफुले एउटा उत्कृष्ट म्युजिक भिडियो दर्शकमाझ ल्याउन सफल भएको दाबी गरे।
प्रदीप रानाभाटको शब्द, संगीत तथा स्वर गीतमा सुन्न सकिन्छ। गीत रिलिज कार्यक्रममा गायक रानाभाटले अष्ट्रेलियाबाट भिडियो सन्देश समेत पाएका थिए। शान थापाले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्।
बुद्ध थापाको सिमाटोग्राफी रहेको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीको रहेको छ।
अभिनेता वन्तले अष्ट्रेलियामा गोर्खे इन्टरटेनमेन्टबाट नेपाली सिनेमा रिलिज पनि गर्दै आइरहेका छन्। उनले आजसम्म 'प्रसाद, सेल्फी किङ्ग, रोज, लभस्टेशन, प्रकाश' लगायतका सिनेमा प्रदर्शन गरिसकेका छन्।
केहीदिन अघिमात्रै उनले बैशाख १ गतेबाट प्रदर्शनमो तयारीमा रहेको सिनेमा 'प्रसाद २' अष्ट्रेलिया रिलिज राइट्स खरिद गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।