काठमाडौं- रेड कार्पेट मनोरञ्जन दुनियाँको मानक बनिसकेको छ। रातो कार्पेटमा सौन्दर्य र फेसनको मिश्रणले दशकौं पार गरेको छ।
मनोरञ्जन दुनियाँकै सवैभन्दा प्रतिष्ठित एकेडेमी (ओस्कार) अवार्डको सेरोमनीमा यस वर्ष रेड कार्पेट नराखिने भएको हो। रेड कार्पेटको ठाउँमा स्पाम्पन कलर राखिने बताइएको छ।
९५ औं ओस्कर अवार्डमा यस वर्ष चर्चित सेलिब्रिटीहरु स्पाम्पेन कलरको कार्पेटमा आफ्नो सौन्दर्य र फेसन प्रस्तुत गर्नेछन्।
रेड कार्पेटमा सेलिब्रिटीको फोटोसुट, क्विक सवाल-जवाफ र फ्यान मोमेन्टस् लगायत हुने गर्छन्। यो अवार्डको एउटा महत्वपूर्ण पाटो रेड कार्पेटलाई मानिन्छ।
आयोजक जिम्मी किम्मेलले यसको खाश कारण बताएनन् तर उनले ठट्टा गरे, 'कार्पेटको रङ बदल्नुको कारण त थाहा छैन, आशा गरौं यस वर्ष स्टेजमा कुनै मारपिट हुनेछैन।' गएको वर्ष होस्ट विल स्मिथले हलिउड अभिनेता क्रिस रकमाथि स्टेजमा थप्पड हानेका थिए। क्रिसले स्मिथकी श्रीमतीमाथि कमेन्ट गरेका थिए। त्यसले उनलाई भड्काएको थियो।
यस वर्षको कलर क्रियटिभ कन्सल्टेन्स लिसा र रोल अविलाले तय गरेका गरेका हुन्। ढल्दै गरेको सूर्य्को रड्ड दिन चाहेको बताइएको छ। रेड कार्पेट फिल्मी दुनियाँमा आउनुअघि अमेरिका र युरोपमा रातो कार्पेटमा डान्स गर्ने प्रचलन थियो।
सन् १९१२० सम्म अमेरिकामा रेड कार्पेट उच्च क्लास र धनी हुनुको संकेत मानिन्थ्यो। सन् १९२९ मा ओस्कर र हलिउडले यसलाई अपनाएको थियो।
ओस्कार अवार्ड नेपाली समय अनुसार सोमबार बिहान ५:४५ बजे सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।