काठमाडौं– ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना भएको छ।
सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।
दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी आएको सिलवालले बताए। अहिले उद्धारको काम चलिरहेकाले सबै विवरण आइनसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।