काठमाडौं– चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ। सुब्बाको सिलीगुडिस्थित अस्पतालमा उनको निधन भएको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलका आयोजकले जानकारी दिएका छन्।
७८ वर्षीय सुब्बाले थुप्रै चर्चित नेपाली फिल्म निर्देशन गरेका छन्। सुब्बा निर्देशित ‘परालको आगो’ नेपालको चर्चित फिल्म हो।
मसाल, चट्याङ, भीष्म प्रतीज्ञा, बाँच्न चाहनेहरू, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी लगायतका चलचित्रका दर्जनौं चलचित्र निर्देशन गरेका थिए। उनको निधनलाई लिएर चलचित्रकर्मीहरूले शोक व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।