धनकुटा– धनकुटाको धनकुटा नगरपालिका-९ स्थित तमोर नदीमा डुबेर १ जना महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका-९ की ४५ बर्षीय मसिनि बिक रहेकी छन्। शनिबार दिउँसो लुगा धुने क्रममा विक चिप्लिएर नदीमा डुबेकी थिइन्।
घटनाबारे जानकारी पाएपछि खटिएको प्रहरीले उनलाई मृतावस्थामा नदीबाट निकालेको थियो। मृतक विकको शवलाई अहिले परीक्षणका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।