काठमाडौं- इद्रावती क्याम्पस, मेलम्चीको स्ववियु सभापतिमा गोलाप्रथाबाट अनेरास्ववियुका उम्मेदवार किसन दुलाल विजयी भएका छन्।
निर्वाचनपछि मत गणना गर्दा अनेरास्ववियुका दुलाल र नेपाल विद्यार्थी संघका सरोज बस्नेतको बराबर मत आएको थियो।
दुवै उम्मेदवारले बराबर १०८ मत प्राप्त गरेपछि गोलाप्रथाबाट नतिजा निकालिएको थियो। गोलाप्रथा गर्दा अनेरास्ववियुका दुलाल विजयी घोषित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।