काठमाडौं– मार्चको सुरुमा अमिताभ बच्चन आगामी फिल्म ‘प्रोजेक्ट के’ को सेटमा घाइते भएका थिए।
उनको एक्सन सिक्वेन्सको सुटिङका क्रममा करङमा चोट लागेको थियो। तर, अहिले उनको स्वास्थ्यमा सुधार भइरेको छ। हालै अमिताभले सामाजिक सञ्जाल पोस्टमार्फत् प्रशंसक तथा शुभचिन्तकलाई खुसीको खबर दिएका छन्।
बलिउडका मेगास्टार अमिताभ बच्चन ८० वर्षको उमेरमा पनि कलाको क्षेत्रमा उस्तै तीव्रताका साथ उल्लेखनीय काम गरिरहेका छन्। उनका केही फिल्म आउन लागेका छन्। ती मध्ये एक हो 'प्रोजेक्ट के'।
अहिले यो चलचित्रको छायांकन चलिरहेको छ। यसैबीच फिल्मको सुटिङका क्रममा उनलाई चोट लागेको थियो। अमिताभ बच्चन केही दिनदेखि बेड रेस्टमा छन्।
बिहान उठ्ने बित्तिकै अमिताभ बच्चनले आफ्नो सोशल मिडिया एकाउन्टमा पोस्ट सेयर गरे। ‘तपाईंको प्रार्थना र मेरो स्वास्थ्यको कामनाको लागि धन्यवाद। म निको भएँ... आशा छ छिट्टै उस्तै उत्साहका साथ फर्कनेछु।’
अमिताभले आफ्नो ब्लगमार्फत् चोटको बारेमा जानकारी दिएका थिए। उनको करङमा चोट लागेको प्रष्ट भएपछि चिकित्सकले केही समय पूर्ण आराम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।