गुल्मी– क्रिकेट खेलाडी अर्जुन कुमाललाई गुल्मीको छत्रकोट गाउँपालिकाले सम्मान गरेको छ।
१९ वर्षमुनि (यू–१९)को नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुमाललाई गृहजिल्ला गुल्मीको छत्रकोट गाउँपालिकाले नगदसहित सम्मान गरेको हो।
कुमाललाई गाउँपालिकाले नगद ५० हजार प्रदान गरेको छ। छत्रकोट गाउँपालिका–५ खर्जाङमा जन्मेका कुमालले हालै यूएईमा सम्पन्न भएको आईसीसी यू–१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।
उनले कुवेतविरुद्ध शतक समेत प्रहार गरेका थिए। क्रिकेट खेलमार्फत् गुल्मी जिल्ला र छत्रकोट गाउँपालिकालाई विश्वसामु चिनाउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो।
यसरी सम्मान गर्दा खेलाडीहरूको मनोबल समेत वृद्धि हुने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।