काठमाडौं– ६ नयाँ खेलाडीलाई समेट्दै राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। प्रधानमन्त्री थ्री नेसन्स कपका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार ६ नयाँ अनुहारलाई टोलीमा समावेश गर्दै राष्ट्रिय टोली घोषणा गरेका हुन्।
नेपाल, भुटान र लाओसबीच चैत ८ गतेदेखि १७ गतेसम्म थ्री नेसन्स कप फुटबल प्रतियोगिता हुँदैछ। घोषित २३ सदस्यीय टोलीको कप्तानी किरण लिम्बूले गर्नेछन्। उनीसँगै गोल रक्षकमा दीप कार्की, अभिषेक बराल समावेश छन्।
डिफेन्डरहरुमा एपीएफका सनिस श्रेष्ठ, आर्मीका विकास खवास, चर्च ब्याइजका अनन्त तामाङ, फुटबल क्लब खुमलटारका पदम भट्टराई, जावलाखेल युथ क्लबका आदित्य चौधरी, संकटाका निशान्त खड्का टोलीमा समेटिएका छन्।
मिडफिल्डरमा मछिन्द्रका पुजन उप्रेती, चर्च ब्वाइजका एरिक बिष्ट, एपीएफका नवीन लामा, पेर्सिकका रोहित चन्द, मनाङका कमल थापा, एपीएफका मनिकुमार लामा, आर्मीका भरत खवास छन्।
फरवार्ड लाइनमा संकटाका आयुश घलान, आर्मीका नवयुग श्रेष्ठ, सातदोबाटोका दीपक सिंह ठकुरी, चर्च ब्वाइजका अन्जन बिष्ट, चर्च ब्वाइजकै अभिनाश चौधरी, मनाङका सुमित श्रेष्ठ र संकटाका मनिष डाँगी टोलीमा समेटिएका छन्।
उनीहरुमध्ये अभिषेक बराल, सनिस श्रेष्ठ र पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ र दीपकसिंह ठकुरी पहिलोपटक टिममा परेका हुन्। नवीन लामा भने यसअघि राष्ट्रिय टोलीमा परे पनि डेब्यु गर्न भने पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।