काठमाडौं– नेपाल विद्यार्थी संघ(नेविसंघ ) त्रिवि समितिमा तीन जनाले अध्यक्षको जिम्मेवारी पाएका छन्।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालयले नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्ष पद रिक्त भएको भन्दै तीनजनालाई अध्यक्षको जिम्मेवारी सहितको पत्र दिएका हुन्।
नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संसोधन २०७५ बमोजिम तीन महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विष्णु बडैला, गणेश भण्डारी र दीपकराज जाोशीलाई नेपाल विद्यार्थी संघ नेपाल त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्ष पदको जिम्मेवारी दिइएको हो।
उनले पत्रमा भनेका छन्, ‘नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउनु हुनेछ भन्ने विश्वास लिएको छु।’ तर यो पत्रलाई लिएर नेविसंघका नेता कार्यकर्ताले भने विरोध जनाएका छन्।
अध्यक्ष जस्तो व्यक्तिले नेविसंघको विधान नबुझेको, विश्वविद्यालयको गरिमा नबुझेको भन्दै सामाजिक सञ्जालमार्फत् आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।