काठमाडौं– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत आज (बुधबार) पहिलो दिन नेपाल लाओससँग खेल्दैछ। खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।
एन्फाले फिफा विन्डोको समयमा थ्री नेसन्स कप आयोजना गरेको हो। थ्री नेसन्स कपमा नेपालसँगै लोओस र भुटानले खेल्नेछन्। साँझ ६ बजे हुने खेलमा ५०० र १ हजार दरका टिकट बिक्री खुला गरिएको छ।
प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने बताइएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याच खोडीलाई २५० अमेरिकी डलर पुरस्कार दिइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।