काठमाडौं– एक दिवसीय क्रिकेटको बरियतामा नेपालले थप सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लेको हो । यसअघि नेपाल १६औं स्थानमा थियो।
विश्वकप लिग–२ का पछिल्ला १२ खेलमध्ये ११ जित निकालेपछि नेपालले आफ्नो वरियतामा पनि सुधार गरेको हो। ११ खेल जित्नु अघिसम्म नेपाल १९औं वरियतामा थियो। अहिले भने ओमनलाई समेत पछि पार्दै नेपाल १५औं स्थानमा उक्लेको छ।
एक दिवसीय वरियतामा भारत अग्रस्थानमा छ। अष्ट्रेलिया दोस्रो, न्युजिल्याण्ड तेस्रो, इंग्ल्याण्ड चौथो र पाकिस्तान पाँचौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।