काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिनका लागि बुधबार बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको छ।
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले बुधबारको बैठक स्थगित गर्दै अर्को बैठक १० गते बोलाइएको जानकारी दिए। बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले बुधबार विश्वासको मत लिनेगरि कार्यसूची थियो। तर, नेपाली कांग्रेसका प्रदेश सासंदहरू काठमाडौंबाट हेटौंडा नफर्किएपछि बैठक नै स्थगित भएको छ।
नेपाली कांग्रेस बागमती प्रदेशका सांसद विमल ठकुरीले आफूहरू शुक्रबार हेटौंडा जाने तय भएको नेपाल लाइभलाई बताए।
काठमाडौंमा बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।