काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरूबीच भेटघाट भएको छ।
राप्रपा अध्यक्ष लिङ्देनसहित शीर्ष नेताहरू ज्ञानेन्द्रलाई भेट्न झापा पुगेका थिए। शाह केही दिनदेखि झापाको दमकमा बसिरहेका छन्।
भेटमा राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरू डा प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा र रवीन्द्र मिश्र सहभागी थिए। मिश्रले आफ्नो समाजिक सञ्जालमा पूर्वराजा शाहसँगको भेटको तस्बिर सार्वजनिक गरेका छन्।
यसअघि एक महिना पहिले बाराको सिमरामा पूर्वराजा शाहसँग राप्रपा अध्यक्ष लिङ्देन र सांसद राणाले भेटेका थिए। उक्त भेटपछि राप्रपा तत्कालीन माओवादी र एमाले गठबन्धनका सरकारमा सहभागी भएको थियो।
तर, राप्रपा अहिले सरकारबाट बाहिरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।