काठमाडौं– अट्याकिङ मिडफिल्डर केभिन डी ब्रुयनालाई बेल्जियको राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी दिइएको छ।
कप्तान इडन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि बेल्जिय फुटबलको कप्तान रिक्त थियो। रिक्त रहेको कप्तानको जिम्मेवारी प्रशिक्षक डोमेनिको टेडेस्कोले डी ब्रुयनालाई दिएका हुन्।
बेल्जियमले युरोकप छनोटको खेल खेल्नुअघि डी ब्रुयनालाई नयाँ कप्तानको जिम्मेवारी दिइएको हो। सन् २०२४ को युरोकप छनोट अन्तर्गत बेल्जियमले मार्च २५ मा स्वीडेन र २९ मा जर्मनीसँग खेल्दैछ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार खेलाडी ब्रुयनाले आफ्नो देशका लागि ९७ क्याप खेल्दै २५ गोल समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।