काठमाडौं– ला लिगा क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर अल्भारो मोराटाले स्पेनको राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी पाएका छन्।
स्पेनिस राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लुइस डे ला फुन्टेले मोराटाले कप्तानको जिम्मेवारी दिएका छन्।
युरोकप २०२४ को छनोटका लागि टिम घोषणा गर्दै फुन्टेले मोराटालाई कप्तानको जिम्मेवारी दिए। त्यसैगरी उपकप्तानको जिम्मेवारी रियल मड्रिड क्लबमा आबद्ध डानी कार्भाहालले पाएका छन्।
युरोकप छनोट अन्तर्गत स्पेनले स्टार खेलाडी अर्लिङ हालाण्डको टिम, टिम नर्वे र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
कप्तान सर्जियो बुस्केटले विश्वकप खलिसकेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। त्यसपछि कप्तानको जिम्मेवारी खाली थियो।
बुस्केट अघि कप्तानको जिम्मेवारी सम्हालेका भेट्रान डिफेन्डर सर्जियो रामोसलाई फुन्टेले आफ्नो योजनामा नरहेको बताएपछि रामोसले समेत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।