काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने एक दिवसीय क्रिकेटको बलिङतर्फ २२औं स्थानमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको र्यांकिङअनुसार सन्दीप २२औं स्थानमा छन्।
उनले चर्चित भारतीय बलरलाई समेत पछि पारेका छन्। सन्दीपले भारतका कुलदीप यादव, जसप्रित बुमराह, मोहमद सामीलाई समेत पछि पारेका छन्।
एक दिवसीयको पहिलो बरियतामा अष्ट्रेलियाका जोस सजलवुड छन्। नेपालका दीपेन्द्रसिंह ऐरी ५६औं स्थानमा समेटिएका छन्।
ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम पहिलो स्थानमा छन्। नेपाल कप्तान समेत रहेका रोहित पौडेल ५७औं स्थान र आसिफ शेख ५७औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।