काठमाडौं- प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवा भएकाहरु नेतृत्वले लिनका लागि तयार हुन प्रहरी महानिरीक्षक (आईजी) धिरजप्रताप सिंहले निर्देशन दिएका छन्।
बढुवा भएका एआईजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आईजी सिंहले हेडक्वाटरमा दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
उनीहरुलाई व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै आईजी सिंहले भने, ‘अहिले पदोन्नति भएकामध्येबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिनमा संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहनुहोस्।’
संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नुपर्ने भएकोले उक्त चुनौती र जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्ने उनले बताए।
सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशील र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनुपर्ने बताउँदै संगठनको आगामी नेतृत्व अब्बल व्यक्तिको हातमा जाने विश्वास समेत व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।