काठमाडौं- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ राजदूत छेन सङले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति पौडेललाई भेट्न राजदूत सङ बुधबार राष्ट्रपति निवास शितल निवास पुगेका थिए।
उक्त भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका भेटपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।