काठमाडौं- सत्ता गठबन्धनका दलहरूको बैठक जारी छ। बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन्।
बैठक मूलतः मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहने एक नेताको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले गत सोमबार विश्वासको मत लिँदा मंगलबारदेखि मन्त्रिपरिषद् विस्तारको गृहकार्य अगाडि बढ्ने बताएका थिए।
राष्ट्रपति निर्वाचनका सन्दर्भमा गठबन्धनमा जोडिएका दलहरूको संख्या झन्डै दर्जन पुगेको छ। दलहरूको संख्या धेरै हुँदा मन्त्रिपरिषद् विस्तारमा कठिनाइ उत्पन्न भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।