काठमाडौं– दशरथ रंगशालामा जारी नेपाल र लाओसबिचको फुटबल खेलमा नेपालले अग्रता लिएको छ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत भएको खेलको ३१औं मिनेटमा नेपालले अग्रता लिएको हो।
नवीन लामाको कर्नरमा अनन्त तामाङले गोल गरेका हुन्। उनले गोललाइनबाट हेडमार्फत् गोल गरे।
नेपालको प्लेइङ ११ : किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ र विकास खवास।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।