काठमाडौं– नेपाल र लाओसबिचको फुटबल खेलमा पहिलो हाफ सकिएको छ। पहिलो हाफ सकिँदा नेपाल १–० ले अगाडि छ।
प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा अन्तर्गत भएको खेलको ३१औं मिनेटमा नेपालले अग्रता लिएको थियो।
नेपालका लागि नवीन लामाको कर्नरमा अनन्त तामाङले गोल गरेका हुन्। उनले गोललाइनबाट हेडमार्फत् गोल गरे। एन्फाले फिफा विन्डोको समयमा थ्री नेसन्स कप आयोजना गरेको हो।
प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउने बताइएको छ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५०० अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याच खोडीलाई २५० अमेरिकी डलर पुरस्कार दिइनेछ।
नेपालको प्लेइङ ११ : किरण चेम्जोङ (कप्तान), रोहित चन्द, भरत खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, नवयुग श्रेष्ठ, आयुष घलान, सनिश श्रेष्ठ र विकास खवास।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।